२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

नेपाली राजदूतावास कतारले सुरु गर्‍यो २४ घण्टे हेल्प लाइन सेवा

shivam cement
तिलु शर्मा पौडेल
२०८२ फागुन २३ गते १६:५५
Shares
नेपाली राजदूतावास कतारले सुरु गर्‍यो २४ घण्टे हेल्प लाइन सेवा

दोहा कतार : कतार विकसित पछिल्ला विशेष परिस्थितिलाई मध्यनजर गर्दै दोहास्थित नेपाली राजदूतावासले आपत्कालीन समन्वयलाई प्रभावकारी बनाउन “इमरजेन्सी कन्ट्रोल रुम” सञ्चालनमा ल्याएको जनाएको छ । 

राजदूतावासका अनुसार परराष्ट्र सचिवको संयोजकत्वमा गठित “आपत्कालीन प्रतिक्रिया टोली” को बैठकले उक्त निर्णय गरेको हो । हाल सञ्चालनमा आएको कन्ट्रोल रुमबाट २४ सै घण्टा हेल्प लाइन सेवा, इ–मेलमार्फत प्रतिक्रिया, आवश्यक समन्वय तथा परिस्थिति सम्बन्धी प्रतिवेदन तयारीको कार्य भइरहेको जनाइएको छ ।

कतार र इरान क्षेत्रमा रहेका नेपाली नागरिक, उनीहरूका परिवारजन तथा सरोकारवालाहरूले आवश्यक परेमा उक्त कन्ट्रोल रुमसँग इ–मेल तथा टेलिफोनमार्फत व्वाटसप भाइबर र बोटिममा समेत  सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ। यसैबिच राजदूतावासले यसअघि जारी गरिएका सुरक्षा सम्बन्धी सूचनामा सजग रहन तथा सम्बन्धित निर्देशनहरूको पालना गर्न सबै नेपाली समुदायलाई पुनः अनुरोध गरेको छ ।

राजदूतावासले उपलब्ध गराएका सम्पर्क विवरणमा इ–मेल: [email protected],  इमरजेन्सी कन्ट्रोल रुमका सम्पर्क नम्बरहरू  +९७७९७४४४४१२२७,+९७७९७४४४४१२२८, +९७७९७४४४४१२२९ छन् । 

सम्बन्धित खबर