
काठमाडौँ : इलामका दुवै क्षेत्र र ताप्लेजुङमामा एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
इलाम १ मा एमालेका उम्मेदवार काजीमान कागते २८०३ मतसहित अगाडि छन् । यहाँ कांग्रेसका निस्कल राईको २५८९, श्रम संस्कृतिका विनोद लिम्बुको २५४६ तथा नेकपाका रणबहादुर राईको ९६९ मत छ ।
इलाम २ मा एमालेका सुहाङ राईकै अग्रता छ । उनले १३ हजार सात सय ४२ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका श्रम संस्कृति पार्टीका सुदिप राईको ११ हजार १ सय १५ मत छ । तेस्रो स्थानमा रहेका कांग्रेसका भेषराज अर्यालको ७६६८ तथा रास्वपाका गोकुल राईको ४०७० मत रहेको छ ।
त्यस्तै, ताप्लेजुङमा एमालेका क्षितिज थेवे ११,६९० मतसहित अग्रस्थानमा छन् । यहाँ कांग्रेसका गजेन्द्र लिम्बुको ९६३९ मत छ भने रास्वपाका खेलप्रसाद बुडाक्षेत्रीको ५०२३ मत रहेको छ ।