२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

निर्वाचनमा विजय र पराजयभन्दा माथि लोकतान्त्रिक संस्कार महत्त्वपूर्ण हुन्छ : डा कोइराला

shivam cement
२०८२ फागुन २३ गते १८:२६
Shares
निर्वाचनमा विजय र पराजयभन्दा माथि लोकतान्त्रिक संस्कार महत्त्वपूर्ण हुन्छ : डा कोइराला

मोरङ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतान्त्रिक प्रणालीमा निर्वाचनमा विजय र पराजयभन्दा माथि लोकतान्त्रिक संंस्कार र संस्कृति महत्त्वपूर्ण हुने बताएका छन् । 

आज एक विज्ञप्ति जारी गरी मोरङ क्षेत्र नं ६ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यलाई बधाई दिँदै उनले आफूले परिणामलाई सहज रूपमा लिएको बताए । 

डा. कोइरालाले लोकतान्त्रिक पद्धतिलाई आत्मसात गरेर सक्षम र योग्य उम्मेदवार विजयी भएको उल्लेख गर्दै आगामी संसद्मा युवा शक्तिको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । 

उनले आफ्नो पक्षमा मतदान गर्ने सबै मतदाता र शान्तिपूर्वक रूपमा निर्वाचन सम्पन्न गर्न योगदान गर्ने सबैलाई धन्यवाद दिए । 

सम्बन्धित खबर