
खोटाङ : खोटाङमा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई विजयी भएका छन् । राईका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार देवबिक्रम राईलाई पछि पार्दै आरेन विजयी भएका हुन् । आरेनले १६,६१२ मत पाउँदा देवबिक्रमले १२,७१४ मत पाएर विजयी भएका हुन् । नेपाली कांग्रेसका वीरकाजी राईले ११,९५७, नेकपाका हरि रोकाले ९,४४३, रास्वपाका रुद्र गिरीले ५,७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत पाएका मुख्य निर्वाचन अधिकृतकको कार्यालयले जनाएको छ ।
यस्तै, जसपाका राकेश राईले ३३७, राप्रपाका दिपक तामाङले ४७७, नेकपा (माओवादी)का चन्द्रबहादुर बुढाथोकीले १८२, जसपा नेपालका सुनिल चाम्लिङले १११, मंगोल नेसनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत पाएका छन् । स्वतन्त्रका राजकुमार राई २६ र तिलकचन्द्र राईले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा तर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल १ लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो । हालसम्म ३ हजार ९२८ मत बदर भएको थियो । जिल्ला निर्वाचन कार्यालय खोटाङका अनुसार जिल्लाभर रहेका १३६ वटा मतदान स्थल तथा १९५ वटा मतदान केन्द्रबाट साथै कारागार र जिल्ला समन्वयसमिती गरि दुई वटा अस्थायी मतदान केन्द्रमा मतदान भएको थियो । फागुन-२१ मा सम्पन्न निर्वाचनमा खोटाङमा शान्तिपूर्ण एवं भएरहित वातावरणमा भएको थियो ।