काठमाडौंः वैदेशिक रोजगार विभागले विदेशिने नेपाली श्रमिकको संख्या घटेको जनाएको छ ।
विभागले दिएको जानकारी अनुसार गत वैशाख महिनामा रोजगारीका लागि विदेशिने नेपाली श्रमिकको संख्या साढे १० हजारले घटेको हो ।
वैशाख महिना भर विदेशिने नेपालीको संख्या ४५ हजार ४ रहेको विभागले जनाएको छ । चैत महिनामा ५५ हजार ५२३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए ।
फागुनमा भन्दा चैतमा विदेश जान श्रम स्वीकृति लिनेको संख्या २ हजारले घटेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies