२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

सुनसरी-१ बाट हर्क साम्पाङ निर्वाचित

shivam cement
२०८२ फागुन २४ गते १३:५१
Shares
सुनसरी-१ बाट हर्क साम्पाङ निर्वाचित

सुनसरी : सुनसरी क्षेत्र नं. १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

साम्पाङले ३५ हजार ७४१ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी रास्वपाकी गोमा तामाङले  २७ हजार २४९ मत प्राप्त गरिन् । सम्पाङ ८ हजार ४ सय ९२ मतान्तरले विजयी भएका हुन् । एमालेका उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत पाए । यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत प्राप्त गरे ।

सामपाङ धरान उप महानगरको मेयरबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका थिए ।

सम्बन्धित खबर