
बाजुरा : बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई पराजित गर्दै गिरी निर्वाचित भएका हुन् ।
गिरीले १७ हजार १७३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हेमराज थापाले ६ हजार ३५, नेपाली कम्युनिष्ट पार्टीका प्रकाश बहादुर शाहले तीन ४२८ मत प्राप्त गरेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केशर बहादुर शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का भुपेन्द्र विकले ३३३, प्रगतिशील लोकतान्त्रिक पार्टीका दिपक डिसीले ९७ मत र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले ७२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए ।
कुल ८७ हजार ८६१ मतदाता रहेको यहाँ ४५ हजार ३९० मत खसेको थियो । खसेको मत ५१ दशमलव ६६ प्रतिशत रहेको छ । मतगणना गर्दा ४३ हजार ८९६ मत सदर र एक हजार ३४६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।