२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

सङ्खुवासभामा एमालेका कार्कीको अग्रता

shivam cement
२०८२ फागुन २४ गते १६:५५
Shares
सङ्खुवासभामा एमालेका कार्कीको अग्रता

सङ्खुवासभा : प्रतिनिधि सभा सदस्य निर्वाचनमा सङ्खुवासभामा नेकपा (एमाले) का अर्जुनकुमार कार्कीको अग्रता कायम गरेका छन् ।

कार्कीले हालसम्म पाँच हजार ४८३ मत प्राप्त गरेका छन् । कार्कीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङ्मा शेर्पाले चार हजार ७५९ मतसहित पछ्याइरहेका छन्। उनीहरुबीच ७२४ मतान्तर छ ।

नेपाली कांग्रेसका दीपनकुमार श्रेष्ठले तीन हजार ३४३, श्रम संस्कृति पार्टीकी उमाकुमारी राईले दुई हजार २६१ नेपाली कम्युनिस्ट पार्टीकी सरिता थापाले ५२२ मत प्राप्त गरेका छन् । सङ्खुवासभामा हालसम्म १७ हजार ९४४ मतगणना भइसकेको छ ।

सम्बन्धित खबर