२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

अर्को साता बालेन सरकार

shivam cement
दिवाकर अधिकारी
२०८२ फागुन २५ गते ०६:२५
Shares
अर्को साता बालेन सरकार

काठमाडौं : नेपालले अर्को सातासम्म नयाँ सरकार पाउने भएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रत्यक्षतर्फको मतगणना सकिएलगत्तै समानुपातिकतर्फको मतगणना सुरु भएको छ । समानुपातिकतर्फको मतगणना तिब्र गतिमा भइरहेको छ ।

उनी भन्छन्, ‘आगामी तीन दिनभित्र समानुपातिकतर्फको पनि सम्पूर्ण मतगणना सम्पन्न हुने अनुमान छ ।’ भट्टराईका अनुसार त्यसपछि बाँकी कार्य अगाडि बढ्नेछ । समानुपातिकतर्फको मतगणना सकिएसँगै सम्बन्धित दलले पाएको मतका आधारमा सांसद संख्या चयनको प्रक्रिया अगाडि बढ्नेछ । 

सांसद संख्या चयनका लागि दलहरूलाई तीन देखि चार दिन समय लाग्ने अनुमान आयोगको छ । त्यसपछि दलहरूको संसदीय दलको बैठक बस्छ र संसदीय दलको नेता चयन हुन्छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकल सरकार बनाउने गरी स्पष्ट बहुमत ल्याएकाले रास्वपाले चय गर्ने संसदीय दलको नेता नै प्रधानमन्त्री हुनेछन् । चुनाव अगाडि नै बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरिएकाले उनकै नेतृत्वमा नयाँ सरकार बन्ने रास्वपाका नेताहरू बताउँछन् । 

रास्वपाकी सचिवालय सदस्य सोविता गौतमले. यसअघि नै बालेनको नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन् । उनले आइतबार चितवनमा पत्रकारहरूसँग भनेकी थिइन्, ‘चुनावभन्दा अगाडि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरिरहेको छ । उहाँकै नेतृत्वमा नयाँ सरकार बन्नेछ ।’ 

नेपालको संविधानको धारा ७६ को उपधारा १ मा बहुमत प्राप्त दलको नेतृत्वमा सरकार गठन हुने व्यवस्था छ । 

धारा २६ को उपधारा १ मा भनिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुनेछ ।’

रास्वपाको एकल बहुमत आउने निश्चित भएकाले अब सरकार बनाउन अन्य व्यवस्थातर्फ जानुपर्ने छैन । 

प्रत्यक्षतर्फ मात्रै पनि रास्वपाले आइतबार साँझसम्म १२२ सिटमा जीत निकालेको छ भने तीन सिटमा अग्रता लिइरहेको छ । नेपाली कांग्रेसले १७ सिट जितेको छ । 

नेकपा एमालेले सात सिट जितेको छ भने तीन सिटमा अग्रता लिइरहेको छ । नेपाली कम्युनिस्ट पार्टीले सात सिट जितेको छ । श्रम संस्कृति पार्टीले तीन् सिट जितेको छ भने स्वतन्त्र उम्मेदवार महाविर पुनले पनि चुनाव जितेका छन् । 

सम्बन्धित खबर