२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

shivam cement
२०८२ फागुन २५ गते १२:४१
Shares
बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला

काठमाडौँः काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् ।

हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मृतावस्थामा फेला परेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए ।

उले भने, ‘बूढानीलकण्ठ–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा आइतबार उनी मृतावस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।’  

सम्बन्धित खबर