
रुकुम पश्चिम : फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रुकुम पश्चिमको समानुपातिक मतगणना परिणाम सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाभरको समानुपातिक मत गणना गरेर आज सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार समानुपातिकतर्फ खसेको कुल ६३ हजार १ सय ५२ मतमध्ये ६० हजार ८ सय २७ सदर मतको परिणाम सार्वजनिक गरिएको छ ।
जसअनुरूप रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सबैभन्दा धेरै २० हजार ३६ प्राप्त गरेको छ । नेपाली कांग्रेसले १५ हजार १ सय ८१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० हजार १ सय ४९, प्रगतिशील लोकतान्त्रिक पार्टीले ७ हजार २ सय ७ र नेकपा एमालेले ५ हजार ८ सय ४७ प्राप्त गरेको छ ।
रुकुम पश्चिमबाट ५७ वटा राजनीतिक दलले समानुपातिकतर्फको मत प्राप्त गरेका छन् ।