२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

बालेनले आयोगमा बुझाए चुनावी खर्च विवरण, १४ लाख १७ हजार रुपैयाँ खर्च

shivam cement
२०८२ फागुन २५ गते १३:३६
Shares
बालेनले आयोगमा बुझाए चुनावी खर्च विवरण, १४ लाख १७ हजार रुपैयाँ खर्च

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले प्रतिनिधिसभा निर्वाचनमा भएको आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।

झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाहले सोमबार आयोगमा आफ्नो खर्च विवरण पेश गरेका हुन् । उनले निर्वाचन अभियानका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।

आयोगमा बुझाइएको विवरण अनुसार सवारी साधन भाडामा २ लाख ९३ हजार ५०० रुपैयाँ, हवाइ भाडामा ३५ हजार रुपैयाँ, मतदाता प्रशिक्षण कार्यक्रमका लागि खाना खर्च २९ हजार ३९० रुपैयाँ, वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७० रुपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै विभिन्न प्रचार कार्यक्रमका लागि ५ लाख ८० हजार रुपैयाँ खर्च गरिएको विवरणमा जनाइएको छ ।

सबैभन्दा कम खर्च भने उम्मेदवारी मनोनयन प्रक्रियामा भएको देखिएको छ । मनोनयनका लागि १० हजार रुपैयाँ खर्च भएको शाहले आयोगलाई बुझाएको विवरणमा उल्लेख छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित खबर