२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

बालेनको चुनावी खर्च केमा धेरै ?

shivam cement
२०८२ फागुन २५ गते १४:०५
Shares
बालेनको चुनावी खर्च केमा धेरै ?

काठमाडौं : झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले निर्वाचन आयोगमा बुझाएको खर्च विवरण अनुसार उनको चुनावी अभियानमा सबैभन्दा धेरै रकम प्रचार–प्रसार कार्यक्रममै खर्च भएको देखिएको छ ।

निर्वाचन आयोगमा बुझाइएको विवरण अनुसार शाहले प्रतिनिधिसभा निर्वाचनका क्रममा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् । तीमध्ये ५ लाख ८० हजार रुपैयाँ प्रचार कार्यक्रमका लागि खर्च गरिएको छ, जुन सबैभन्दा ठुलो खर्च शीर्षक हो ।

त्यसपछि सवारी साधन भाडामा २ लाख ९३ हजार ५०० रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ । यस्तै हवाइ भाडामा ३५ हजार रुपैयाँ, मतदाता प्रशिक्षण कार्यक्रमका लागि खाना खर्च २९ हजार ३९० रुपैयाँ र वडा स्तरीय प्रचार कार्यक्रमका लागि खाजा खर्च २८ हजार ९७० रुपैयाँ खर्च गरिएको जनाइएको छ ।

सबैभन्दा कम खर्च भने उम्मेदवारी मनोनयन प्रक्रियामा भएको देखिन्छ । शाहले मनोनयनका लागि १० हजार रुपैयाँ मात्रै खर्च भएको विवरण आयोगमा बुझाएका छन् ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित खबर