२०८२ फागुन २५ गते सोमवार / Mar 09 , 2026 , Monday
२०८२ फागुन २५ गते सोमवार
Ads

दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा

shivam cement
२०८२ फागुन २५ गते १६:०९
Shares
दोलखामा समानुपातिक मतमा पनि पहिलो भयो रास्वपा

दोलखा : दोलखामा समानुपातिक मतमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो स्थान हासिल गरेको छ । आज सम्पन्न मतगणनामा रास्वपाले ३५ हजार ८८३ मत प्राप्त गरी पहिलो स्थान हासिल गरेको हो भने दोस्रो स्थान नेकपा (एमाले) ले प्राप्त गरेको छ । 

एमाले पार्टीले १५ हजार ८०२ मत प्राप्त गरेर दोस्रो दल हुन सफल भएको हो । त्यसैगरी, नेपाली कांग्रेसले दोलखामा समानुपातिकतर्फ तेस्रो स्थान हासिल गरेको छ । कांग्रेस पार्टीले ११ हजार ५५५ मत प्राप्त गरी तेस्रो दल बनेको हो । चौथो स्थानमा नेपाली कम्युनिष्ट पार्टी (तारा) चिह्न १० हजार २७८ मत प्राप्त गरि चौथो भएको हो । 

त्यस्तै, अन्य साना दलहरू राष्ट्रिय परिवर्तन पार्टी (बाँसुरी चिह्न)ले चार हजार १५२ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो चिह्न)ले एक हजार ४९८ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ रास्वपा उम्मेदवार जगदीश खरेल ३२ हजार ३७६ मत ल्याएर निर्वाचित भएका छन् । दोस्रो बनेका नेकपा एमालेका पार्वत गुरुङले १७ हजार ४४९ मत पाए ।

सम्बन्धित खबर