
काठमाडौँ : प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना मंगलवार बिहानसम्म १ करोड ३ लाख नाघेको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार देशभर हालसम्म १ करोड ३ लाख २१ हजार ८ सय ६ मत गणना भइसकेको हो ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४९ लाख ६४ हजार २३२ मत प्राप्त गर्दै आफ्नो वर्चस्व कायम गरेको छ। यो कुल गणना भएको मतको झण्डै आधा हिस्सा हो ।
त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १६ लाख ७७ हजार ९४२ मत प्राप्त गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले १३ लाख ९३ हजार १३७ मतका साथ तेस्रो स्थानमा रहेको छ ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ५५ हजार ६६० मत आफ्नो पक्षमा पारेको छ। त्यस्तै, ३ लाख ४९ हजार ०९० मतसहित श्रम संस्कृति पार्टी पाँचौँ र ३ लाख २३ हजार २७३ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छैटौँ स्थानमा रहेका छन् ।
समानुपातिकतर्फ एक लाख भन्दा बढी मत ल्याउने अन्य दलहरूमा जनता समाजवादी पार्टी, नेपाल (१,७०,१३५ मत) र राष्ट्रिय परिवर्तन पार्टी (१,६५, ३६६) मत रहेका छन् ।