
काठमाडौँ, २६ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार लाख ६० हजार ५८६ मतगणना भएको छ । अब करिब पाँच लाख मत गन्न बाँकी छ ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख २१ हजार ९६३, नेपाली कांग्रेसले १६ लाख ९७ हजार २३४, नेकपा (एमाले) ले १४ लाख १५ हजार ५०६, नेपाली कम्युनिष्ट पार्टीले सात लाख ७० हजार ८४१, श्रम संस्कृति पार्टीले तीन लाख ५९ हजार १८३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २५ हजार ९५० मत प्राप्त गरेका छन् ।