२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

बुधबार बिहानसम्म समानुपातिकतर्फको अन्तिम मतपरिणाम आइसक्छः आयोग

shivam cement
२०८२ फागुन २६ गते १८:३०
Shares
बुधबार बिहानसम्म समानुपातिकतर्फको अन्तिम मतपरिणाम आइसक्छः आयोग

काठमाडौंः प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातितर्फको मतगणना अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । मंगलबार आयोगले सो जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको भन्दै बुधबार बिहानसम्म सम्पन्न हुने अनुमान गरिएको बताए । 

उनकाअनुसार मंगलबार अपरान्हसम्म ३/४ वटा निर्वाचन क्षेत्रको मतगणना प्रक्रिया जारी रहेको छ । जिसीले मतगणनाको गति यही अनुपातमा जारी रहेमा आज मध्यरात वा भोलि बिहानसम्म सबै निर्वाचन क्षेत्रको मतगणना सकिने र अन्तिम परिणाम भोलि बिहान नभए दिउँसोसम्म सार्वजनिक आयोगको अनुमान रहेको बताए । यद्यपि कुनै स्थानमा उम्मेदवार वा प्रतिनिधिबीच विवाद, सदर तथा बदर मतको विषयमा असहमति भएमा अन्तिम परिणाम आउन केही ढिलाइ हुनसक्ने उनको भनाइ छ । 

त्यस्तै औसतमा ३ देखि ४ प्रतिशतसम्म मत बदर भएको देखिएको जिसीले बताए । उनले अघिल्लो निर्वाचनको तथ्यांक अध्ययन गर्दा औसतमा करिव पाँच प्रतिशत मत बदर हुने अनुमान गरिएको समेत बताए । समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि राजनीतिक दलहरूलाई सिट बाँडफाँड प्रक्रियाका लागि आयोगले औपचारिक पत्राचार गर्ने सहायक प्रवक्ता जिसीले बताए ।  

ताजा खबर

सम्बन्धित खबर