२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास

shivam cement
२०८२ फागुन २६ गते १८:५४
Shares
मोदीको बधाईमा बालेनको प्रतिक्रिया : नेपाल-भारत सम्बन्ध थप सुदृढ बनाउने विश्वास

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बधाईको प्रत्युत्तर दिँदै नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामना पोस्टमा कमेन्ट गर्दै बालेनले दुई देशबीचको ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका हुन् ।

मोदीले सोमबार साँझ सामाजिक सञ्जालमार्फत रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका थिए । साथै उनले बन्ने नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै भारत सरकारका तर्फबाट साझा प्रगति, समृद्धि र जनकल्याणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यसको प्रत्युत्तरमा बालेनले लेखेका छन्, ‘शुभकामनाका लागि धन्यवाद, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू । नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।’

उनले भारतले लगातार दुई पटक टी-२० विश्वकप उपाधि जितेकोमा भारत सरकार तथा भारतीय जनतालाई बधाई पनि दिएका छन् ।

मोदीले यसअघि टेलिफोन संवादमार्फत पनि लामिछाने र शाहलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर