
ललितपुर : गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुरबाट उम्मेदवारी दिएका ६३ जनाको जमानत जफत भएको छ ।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार जमानत जफत हुनेमध्ये ४० जना विभिन्न राजनीतिक दलका उम्मेदवार र २३ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । जमानत जवफ हुनेमा संविधान सभा सदस्यदेखि निवर्तमान सांसदसम्म रहेका छन् ।
तीन वटा निर्वाचन क्षेत्र रहेको ललितपुरमा क्षेत्र नं. १ मा राजनीतिक दलका १३ जना र १२ जना स्वतन्त्र उम्मेदवार, क्षेत्र नं. २ मा राजनीतिक दलका १४ जना र ६ जना स्वतन्त्र उम्मेदवार तथा क्षेत्र नं. ३ मा राजनीतिक दलका १३ जना र ५ जना स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको जानकारी मुख्य निर्वाचन अधिकृत खनालले दिए ।
ललितपुर निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुनील महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सजिना कार्की, जनता समाजवादी पार्टी नेपाल ((जसपा नेपाल))का महाविर स्याङतान तामाङ, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सरिता गोसाई देसार, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का रोहितकुमार बास्तोला, मंगोल नेशनल अर्गनाइजेसनका सुरेश मार्पा तामाङ, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अमृतनाथ बजगाई, नेशनल रिपब्लिक नेपालका संजय घिसिङ तामाङ, श्रम संस्कृति पार्टीका गौतम थापा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी)का भिमसेन घिमिरे, उज्यालो नेपाल पार्टी (उनेपा) का पदमकुमार लामा, आम जनता पार्टी (आजपा) का किरण महर्जन, पिपुल फस्र्ट पार्टीका सनोज महतको जमानत जफत भएको छ ।
त्यस्तै आवश्यक मत प्राप्त गर्न नसकेका स्वतन्त्र उम्मेदवारहरू अशोक थापा, गणेशबहादुर वल तामाङ, डालनाथ तिमल्सिना, तिलकबहादुर भोलन, देबेन्द्र सिंह, धर्मराज बोहरा, भरत दुलाल, राधा कृष्ण बस्नेत, राम खड्का, विशाल तामाङ, सरोजकुमार बिष्टको जमात जफत भएको मुख्य निर्वाचन अधिकृत खनालले जानकारी दिए ।
त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नं. २ का नेकपा (एमाले) का प्रेमबहादुर महर्जन, नेकपाका राजेन्द्र अमात्य, राप्रपाका रघुवरराज थापा, जसपा नेपालका रीहीणि कस्ती, नेमकिपाका चिरीमैया महर्जन (लाखाजु), प्रलोपाका कृष्ण महर्जन, नेशनल रिपब्लिक नेपालका खेमप्रसाद श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका कृष्ण महर्जन, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का रमेश आचार्य, नेकपा (माओवादी) का अष्टराज बज्राचार्य, श्रम संस्कृति पार्टीका सरोज राई, राष्ट्रिय मुक्ति पार्टी नेपालका डोलेन्द्र राज भट्टराई, आजपाका लखिन्द्रकुमार साहको जमात जफत भएको छ । त्यस्तै जमात जफत हुनेमा स्वतन्त्र उम्मेदवारहरू उमङ्ग के.सी., ओमराज बज्राचार्य, कृष्ण खड्का, बाबुराज बज्राचार्य, मंगलकृष्ण श्रेष्ठ, रबिराज पौडेल, रविन्द्र अमात्य रहेका छन् । नेकपा (एमाले) का महर्जन निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।
त्यस्तै ललितपुर निर्वाचन क्षेत्र नं. ३ का नेकपा (एमाले) का सन्दन थापामगर, नेकपा राजकाजी महर्जन, राप्रपाका सबिनकुमार खड्का, जसपा नेपालका कृष्णदेवी महर्जन, नेमकिपाका रमिला महर्जन, प्रलोपाका बिष्णुराज खड्का, राष्ट्रिय जनमोर्चाका निलगोबिन्द महर्जन, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका दिलकुमार महर्जन, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का यज्ञप्रसाद पन्थ, नेकपा (माओवादी) का खगेन्द्र महर्जन, श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई, संयुक्त नागरिक पार्टीका श्यामबहादुर राई, उनेपाका बिजय पन्तको जमात जफत भएको छ । त्यस्तै जमात जफत हुनेमा स्वतन्त्र उम्मेदवारहरू अन्जुकारन्जीत (थापा), अशोककुमार महर्जन, बिमर्श मिश्र, राधेश्याम खड्का, रुपेश साह रहेका छन् । नेकपाका महर्जन संविधान सभा २०६४ का सदस्य तथा बागमती प्रदेश सभाका पूर्व सदस्यसमेत हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०८२ को दफा ६४ अनुसार कुनै पनि उम्मेदवारले सम्बन्धित निर्वाचन क्षेत्रमा खसेको कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्न नसकेमा उसको जमानत जफत हुने व्यवस्था रहेको छ । सोही प्रावधानअनुसार आवश्यक मत नल्याएका उम्मेदवारहरूको धरौटी राज्यकोषमा जम्मा हुने भएको हो ।
नियमानुसार पुरुषको भन्दा महिला उम्मेदवारको ५० प्रतिशत शुल्क कम हुने व्यवस्था अनुसार कारण क्षेत्र नं. १ का उम्मेदवार सजिना कार्की र सरिता गोसाई देसार, क्षेत्र नं. २ का उम्मेदवार चिरी मैया महर्जन (लाखाजु) र रीहीणि कस्ती, क्षेत्र नं. ३ का कृष्णदेवी महर्जन, रमिला महर्जन र अञ्जु कारन्जीत (थापा)बाट पाँच हजार र अन्य पुरुष उम्मेदवारको हकमा रु १० हजारका दरले जम्मा भएको जमानत सरकारको खातामा जानेछ ।
ललितपुरका ६९ उम्मेदवारमध्ये क्षेत्र नं. १ का बिजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धरत्न महर्जन र प्रतिस्पधर्धी उम्मेदवारहरू नेपाली कांग्रेसका उदयशम्शेर राणा र नेकपा (एमाले) का चेतनाथ सञ्जेलले जमानत रकम फिर्ता पाउने छन् ।
त्यस्तै क्षेत्र नं. २ मा बिजयी उम्मेदवार रास्वपाका जगदीश खरेल र प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जन र उज्यालो नेपाल पार्टीका राजाराम तण्डुकारले जमानत रकम फिर्ता पाउने छन्।
क्षेत्र नं..३ मा बिजयी उम्मेदवार रास्वपा डा. तोसिमा कार्की र प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले जमानत रकम फिर्ता पाउने छन् ।