२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह

shivam cement
२०८२ फागुन २७ गते १२:२४
Shares
फुटपाथमा पुस्तक बिक्री नगर्न महावीर पुनलाई पोखराका मेयर आचार्यको आग्रह

काठमाडौँ : पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनलाई फुटपाथमा पुस्तक बिक्री नगर्न आग्रह गरेका छन् ।

म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित महावीर पुनले गत सोमबार पोखराको सडक र चोकहरूमा उभिएर पुस्तक बिक्री गरिरहेको विषयमा मेयर आचार्यले ध्यानाकर्षण गराएका छन् । मेयर आचार्यले पुनलाई सांसदको भूमिका स्मरण गराउँदै बुधबार फेसबुकमा लेखेका छन्, ‘माननीयज्यू, अब तपाईँको भूमिका देशका लागि नीति र कानुन निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक बिक्री–वितरण गर्ने हो ।’

उनले सांसद पुनलाई पुस्तकको स्टक उपलब्ध गराए पुस्तक व्यवसायी महासंघमार्फत् बिक्री गरेर भुक्तानी उपलब्ध गराउने पनि भनेका छन् ।

‘यदि तपाईँको पुस्तकको स्टक उपलब्ध गराउनु भयो भने हामी महासंघमार्फत् त्यसलाई बिक्री गरी उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौं,’ आचार्यले लेखेका छन् ।

उनले हालसम्म बिक्री–वितरण भएको पुस्तकको विवरण सार्वजनिक गर्न सकिए पारदर्शिता बढ्नुका साथै कर भुक्तानीसम्बन्धी उठ्न सक्ने प्रश्नहरूको पनि सहज जवाफ प्राप्त हुन सक्ने उल्लेख गरेका छन् ।

मेयर आचार्यले पुनको अभियान र उद्देश्यप्रति उच्च सम्मान व्यक्त गर्दै सहयोग र सहकार्यका लागि सदैव तयार रहेको पनि जानकारी गराउन चाहेका छन् ।

ताजा खबर

सम्बन्धित खबर