२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

कांग्रेस सभापति गगन थापाले राजीनामा दिनुपर्छ : जितजंग बस्नेत

shivam cement
२०८२ फागुन २७ गते १५:३९
Shares
कांग्रेस सभापति गगन थापाले राजीनामा दिनुपर्छ : जितजंग बस्नेत

काठमाडौं : राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामा माग गरेका छन् ।

बुधबार सिंहदरवारमा बसेको पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरुबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सो माग गरेका हुन् ।

विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको जिकिर गर्दै सांसद बस्नेतले सभापति थापाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे । उनले पार्टीको विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताए । सांसद थापाले कांग्रेसले जनताले दिएको म्यान्डेटलाई स्वीकार गर्दै अघि बढ्ने पनि बताए ।

सांसद बस्नेतले गगन थापालगायतका नेताहरूले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरेको आरोप समेत लगाए ।

सम्बन्धित खबर