
काठमाडौं : गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) कारागारबाट छुटेका छन् ।
मनाङे कैद सजाय भुक्तान गरेर बुधबार डिल्लीबजार कारागारबाट छुटेका हुन् ।
ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका उनले बाँकी कैद सजाय पूरा गरेपछि र २० प्रतिशत कैद छुट पाएपछि रिहा भएका हुन् ।
२०६१ वैशाख ३१ गते चक्रे मिलनको हात छिन्ने गरी तरबार प्रहार गरेको घटनामा मनाङेलाई उच्च अदालत पाटनले मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
२०८१ कात्तिक २० गते सर्वोच्चले उच्च अदालतको मनाङेलाई ५ वर्ष कैद सजायको फैसला सदर गरेको थियो ।
मनाङेले यसअघि दुई वर्ष आठ महिना कैद भुक्तान गरिसकेका थिए भने बाँकी एक वर्ष चार महिना सजाय पूरा गरेपछि उनी रिहा भएका हुन् ।