२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

shivam cement
२०८२ फागुन २८ गते ०७:५१
Shares
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४६ रुपैयाँ ९७ पैसा र बिक्री दर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७० रुपैयाँ ५३ पैसा र बिक्री दर १७१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १९७ रुपैयाँ ५१ पैसा र बिक्री दर १९८ रुपैयाँ ३१ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १८८ रुपैयाँ ७५ पैसा र बिक्री दर १८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ ३० पैसा र बिक्री दर १०५ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ३१ पैसा र बिक्री दर १०८ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११५ रुपैयाँ ४८ पैसा र बिक्री दर ११५ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ४० पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्री दर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ एक पैसा र बिक्री दर ४० रुपैयाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ दुई पैसा, स्विडिस क्रोनर एकको खरिद दर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ सात पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८२ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ६ पैसा र बिक्री दर ४८२ रुपैयाँ दुई पैसा, बहराइन दिनार एकको खरिद दर ३८९ रुपैयाँ ६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिद दर ३८१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ३० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
 

सम्बन्धित खबर