
काठमाडौंः यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३.८७ अंकले वृद्धि भइ २ हजार ८२० को बिन्दुमा कायम भएको हो ।
आज ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर १ लाख ३० हजार १५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आज होटल तथा पर्यटन ०.३५, निर्जीवन बीमा ०.०४ र अन्य समूह ०.७४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैंकिङ समूह २.०२ प्रतिशतले बढेको छ । विकास बैंक १.२८, वित्त १.३०, जलविद्युत १.१० र लगानी १.१४ प्रतिशतले बढेको छ ।
त्यसैगरी जीवन बीमा ०.३६, उत्पादन तथा प्रशोधन०.७३, लघुवित्त ०.२७ र म्युचुअल फण्ड ०.४८ प्रतिशतले बढेको छ । सालपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै भन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको सेयर मूल्य ३. ७२ प्रतिशतले घटेको छ ।