२०८३ कार्तिक ४ गते बुधवार / Oct 21 , 2026 , Wednesday
२०८३ कार्तिक ४ गते बुधवार

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन जारी : गभर्नर पौडेल

Nada
२०८२ फागुन २८ गते १७:१९
Shares
कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन जारी : गभर्नर पौडेल

वीरगञ्ज : नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गरिरहेको बताएका छन् ।

ncell

आज वीरग्ञ्जमा आयोजित कार्यक्रममा उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिए । ‘‘चेक ब्याउन्स हुने वित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौँ,’’ उनले भने, ‘‘कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौं । चेक बाउन्स र  बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘कालोसूचीमा राख्नुपर्ने कति हुन । कालोसूचीमा नराख्नुपर्ने कति हुन भन्ने विषयमा हामीले हेरिराखेका छौं । यसको बारेमा मैले विस्तृत रुपमा हेरिरहेको छु ।’’

गर्भनर पौडेलले धेरै कडाइ गरेर वा थुनेर मात्रै व्यापार-व्यवसाय मात्रै नभएर मुलुक पनि नचल्ने पनि बताए ।‘‘व्यवसाय भनेको कलेज पढाएर मात्रै पुग्ने रहेन छ । त्यो व्यापार हुनका लागि विभिन्न खालका हन्डर र ठक्कर खाएपछि मात्रै व्यवस्थित ढंगले अघि बढ्ने हुँदा पनि त्यसलाई व्यवस्थित गराउनेतर्फ अग्रसर हुन जरुरी छ,’’ उनले भने, ‘‘व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास नहुनेतर्फ पनि ध्यान दिन जरुरी छ । त्यसैले व्यवसायीलाई प्रवर्धन गरेर अघि बढाउन जरुरी छ ।’’ गर्भनर पौडेलले व्यवसाय गर्न खोज्नेले एक पटक गल्ती गर्दैमा दुःख दिन नहुने बताए । 

फरक प्रसङ्गमा गभर्नर पौडेलले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्ने नीति अंगिकार गर्दै आइरहेको बताए । उनले भविष्यमा ठुलो सम्भावना बोकेको क्षेत्र भएकाले पनि सूचना प्रविधि क्षेत्रलाई प्रथामिकतामा राख्दै आइरहेको बताए ।

‘‘भाविष्यमा पनि सूचना प्रविधि उद्योगहरु धेरै वृद्धि हुन्छ भन्ने अपेक्षा राखेका छौं,’’ उनले भने, ‘‘हामीले बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्नका लागि अनुरोध गर्दै आइरहेका छौं ।’’ गर्भनर पौडेलले विगतमा वीरगञ्जमा फोटो स्टुडियो र गाडीको वर्कसप तथा ग्यारेज सेन्टरहरु पर्याप्त भए पनि अहिले तिनीहरु क्रमशः कम हुँदै गइरहेको पनि बताए ।

uae

सम्बन्धित खबर