२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

ओपो ए ६ नेपालमा सार्वजनिक

shivam cement
२०८२ फागुन २८ गते २०:२८
Shares
ओपो ए ६ नेपालमा सार्वजनिक

काठमाडौं : नेपाल –ओपोले नेपालमा ओपो ए ६ स्मार्टफोन सार्वजनिक गरेको छ । लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइनलाई प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गरी ओपो ए ६ स्मार्टफोन कम्पनीले नेपाली बजारमा भित्राएको छ ।

७ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ जसलाई ४५डब्लु सुपरभूक टिएम फास्ट चार्जिङ गर्ने कम्पनीले जनाएको छ । जसले प्रयोगकर्तालाई लामो समयसम्म प्रयोग गर्न र छिटो चार्ज गर्न सहयोग पुर्‍याउँछ । साथै, यसमा १२० एचजेड एमोलेड अल्ट्रा–ब्राइट डिस्प्ले रहेको छ जसको अधिकतम ब्राइटनेस ११२५ निट्ससम्म पुग्छ, जसले स्मूथभिजुअल अनुभव र बाहिरी उज्यालोमा पनि स्पष्ट दृश्य प्रदान गर्ने कम्पनीको भनाई छ । 

ओपो ए ६ को अर्को विशेषता भनको अन्डर वाटर फोटो ग्राफी तथा भिडियोग्राफी क्षमता हो, जसलाई आइपी ६९ वाटर तथा डस्ट रेसिस्टेन्स ले समर्थन गर्दछ । यसले प्रयोगकर्तालाई पानीभित्र समेत फोटो तथा भिडियो खिच्न सक्ने कम्पनीले जनाएको छ । 

स्मार्टफोन ८जिबी प्लस २५६जिबी भेरियन्टमा ३८ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको छ । ओपो ए६ नेपालभरका अधिकृत ओपोका स्टोरमा पाइने कम्पनीले जनाएको छ । 

सम्बन्धित खबर