२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

सीएफमोटोको २५० डुअल ईएफआई सार्वजनिक

shivam cement
२०८२ फागुन २८ गते २०:३५
Shares
सीएफमोटोको २५० डुअल ईएफआई सार्वजनिक

काठमाडौं : नेपालको लागि सिएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सिएफमोटो २५० डुअल इएफआई मोटरसाइकल सार्वजनिक गरेको छ । 

एडभेन्चर शैलीका प्रवेशस्तरका मोटरसाइकलमध्ये निकै प्रतिक्षित मानिएको सीएफमोटो २५० डुअल ईएफआईलाई नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ । नेपालले  सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीको भनाई छ । मोटरसाइकल सामान्य तथा अफरोड दुवै प्रकारको यात्राका लागि उपयुक्त हुने र साहसिक यात्रा खोज्ने चालकहरूका लक्षित गरेर तयार गरिएको कम्पनीले जनाएको छ ।

मोटरसाइकलमा २ सय ४९ सीसी क्षमताको एक सिलिन्डर इन्धन इन्जेक्सन प्रणाली भएको इन्जिन जडान छ । यसले शक्ति र इन्धन दक्षता प्रदान गर्नुका साथै इलेक्ट्रोनिक फ्युल इन्जेक्सन प्रणालीका कारण थ्रोटल प्रतिक्रिया सहज हुने र इन्धन खपत कम हुने कम्पनीको दाबी छ ।

मोटरसाइकलमा सहरका सडकदेखि अप्ठेरा बाटोसम्म सहज रूपमा चलाउन सकिने ’डुअल पर्पोज’ डिजाइन रहेको छ । २ सय ४५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले नेपालका विभिन्न सडक अवस्थाका लागि उपयुक्त मानिएको छ । यसमा डिस्क ब्रेक र उन्नत ब्रेक प्रणाली जडान गरिएको छ, जसले सवारी सुरक्षामा सहयोग पुर्‍याउने बताइएको छ । 

सीएफमोटो २ सय ५० डुअल ईएफआईको प्रारम्भिक मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । मोटरसाइकल पोलार ह्वाइट, लाइम ग्रीन र टुन्ड्रा ग्रे गरी तीन रङमा उपलब्ध छन् ।

सम्बन्धित खबर