
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।
उनी केही समयदेखि अस्वस्थ थिए । उनको पार्थिव शरीरलाई ओली निवास गुण्डुमा लैजाने तयारी गरिएको छ । साथै आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
स्वर्गीय ओलीका दुई छोरा तीन छोरी छन् ।