२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

shivam cement
२०८२ फागुन २९ गते १२:१५
Shares
जेनजी आन्दोलनका क्रममा फरार दुई पक्राउ

काठमाडौंः नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले जेनजी आन्दोलनका क्रममा जबर्जस्ती करणी मुद्दा र सरकारी कागजछाप दस्तखत कीर्ते गरेर फरार रहेका दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक पाँचपोखरीका ३० वर्षीय नुमेश वाइबा र खोटाङ बराहपोखरीका ४१ वर्षीय नवराज लुइँटेल रहेका छन् । ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले वाइबालाई जबर्जस्ती करणी र लुइँटेललाई सरकारी कागजछाप दस्तखत कीर्ते गरेको अभियोगमा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका वाइबा जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धारा र लुइँटेल जिल्ला अदालत काठमाडौंबाट फरार रहेका थिए । वाइबालाई स्वयम्भु र लुइँटेललाई वसुन्धराबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ ।  

सम्बन्धित खबर