२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

ओलीलाई बालेनको समवेदना- पिताजस्तो रक्षक कोही छैन

shivam cement
२०८२ फागुन २९ गते २०:१०
Shares
ओलीलाई बालेनको समवेदना- पिताजस्तो रक्षक कोही छैन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना व्यक्त गरेका छन् ।

शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली अर्पण गर्दै पिता एक पात्र भए पनि उनको भूमिका अनेक हुने बताएका छन् । उनले पिताको महत्वबारे उल्लेख गर्दै ‘पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन, पात्र एक- भूमिका अनेक’ भनेर लेखेका छन् ।

केही समयअघि आफूले पनि पिता गुमाएको स्मरण गर्दै शाहले पिताको अनुपस्थितिले जीवनमा ठूलो रित्तोपन र अपूरणीय अभाव महसुस हुने बताएका छन् ।

‘केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ- पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ,’ उनले फेसबुकमा लेखेका छन् ।

एमाले अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।

सम्बन्धित खबर