२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

सभापति पद नछाड्न गगन थापालाई कांग्रेसका ३५ केन्द्रीय सदस्यको आग्रह

shivam cement
२०८२ फागुन ३० गते १४:५०
Shares
सभापति पद नछाड्न गगन थापालाई कांग्रेसका ३५ केन्द्रीय सदस्यको आग्रह

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय समितिका करिब ३५ नेताले पार्टी सभापति गगनकुमार थापालाई भेटेर नेतृत्वबाट राजीनामा नदिन आग्रह गरेका छन्।

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’को नेतृत्वमा सभापति थापासँग भेटघाट गर्न पुगेका नेताहरूले वर्तमान अवस्थामा नेतृत्वबाट पछि नहट्न अनुरोध गरेको बताइएको छ। उनीहरूले पार्टीको नेतृत्व निरन्तरता आवश्यक रहेको भन्दै सभापतिलाई पदमै रहन सुझाव दिएका हुन्।

सभापति थापासँग भेट गर्न जाने नेताहरूमा जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईँ, प्रदीप शर्मा, गंगा सुनार, विष्णु पाण्डे, सीता मिजार लगायत केन्द्रीय समितिका अन्य सदस्यहरू पनि सहभागी रहेको जानकारी दिइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा आफू तथा पार्टीले अपेक्षाकृत कमजोर नतिजा प्राप्त गरेको भन्दै सभापति थापा पदबाट अलग हुने सोचमा पुगेको चर्चा चलिरहेकै बीच ती नेताहरूले उनलाई राजीनामा नदिन आग्रह गरेका हुन्।

यसअघि पनि पार्टीका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान परिस्थितिमा सभापति पदबाट राजीनामा दिनु उपयुक्त नहुने सुझाव दिएको उल्लेख गरिएको छ।

ताजा खबर

सम्बन्धित खबर