२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

रेमिटेन्समाथिको निर्भरता हटाएर प्रवासी लगानीको वातावरण बनाउनुपर्छः चेम्बर उपाध्यक्ष मल्होत्रा

shivam cement
२०८२ फागुन ३० गते १५:१४
Shares
रेमिटेन्समाथिको निर्भरता हटाएर प्रवासी लगानीको वातावरण बनाउनुपर्छः चेम्बर उपाध्यक्ष मल्होत्रा

काठमाडौँः नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले रेमिटेन्समाथिको निर्भरतालाई कम गर्दै नेपालमा प्रवासी नेपालीहरूको पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ ग्लोवल कन्फरेन्सलाई सम्बोधन गर्दै उपाध्यक्ष मल्होत्राले रेमिटेन्सले देशको अर्थतन्त्र धाने पनि यसले मुख्यतया उपभोग मात्र बढाएको भन्दै अब उद्यमशीलता र औद्योगिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताए । मल्होत्राले आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा मात्रै नेपालले १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ (करिव ७.५ अर्ब डलर) रेमिटेन्स प्राप्त गरेको बताए ।

उनले यो अघिल्लो वर्षको तुलनामा ३९.१ प्रतिशतको वृद्धि भएको बताए । नेपाली श्रमिकहरू उच्च आय हुने मुलुकमा जानु, डलरको मजबुती, वित्तीय सेवाको डिजिटलीकरण र हुन्डी जस्ता अनौपचारिक माध्यमको नियन्त्रणका कारण रेमिटेन्स बढेको उनको भनाइ छ । प्रवासी नेपालीको लगानी भित्र्याउन नेपालले समग्र पारिस्थितिकी प्रणाली (इकोसिस्टम) विकास गर्नुपर्ने बताए । नीतिगत स्थायित्व र लगानी विश्वास, संस्थागत संयन्त्र, नवीन वित्तीय उपकरण, रणनीतिक लगानी क्षेत्रहरू (पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार) तथा ज्ञान हस्तान्तरण र उद्यमशीलतामा जोड दिए ।  

ताजा खबर

सम्बन्धित खबर