२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

मोना कतारले मनायौ २३औं वार्षिकोत्सव

shivam cement
तिलु शर्मा पौडेल
२०८२ फागुन ३० गते १५:५६
Shares
मोना कतारले मनायौ २३औं वार्षिकोत्सव

दोहा कतार : कतारमा रहेका म्याग्देलीहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) कतारले संस्था स्थापनाको २३औं वार्षिकोत्सव मनाएको छ ।  मध्यपूर्वमा परेको असहज परिस्थितिका कारण शुक्रवार साँझ म्याग्देलीहरूको समुपस्थितमा केक काट्दै खुसीयाली साटेर वार्षिकोत्सव मनाइएको हो । 

वार्षिकोत्सव कार्यक्रम मोना कतारका अध्यक्ष बाबुराम भण्डारीको सभाध्यक्षता, मोना अन्तर्राष्ट्रिय कार्यसमितिका कोषाध्यक्ष नरेन्द्र फगामीको प्रमुख आतिथ्यता तथा मोना कतारका संस्थापक अध्यक्ष प्रेम रसाइलीको विशेष उपस्थितिमा मनाइएको हो । कार्यक्रममा मोना कतारका सल्लाहकार लीला चोखाल, प्रमुख सल्लाहकार राजु पौडेल, संरक्षकद्धय रमेश जैसी र विक्रम कार्की लगायतले आफ्ना संस्थागत अनुभव र भविष्यमा संस्थाले गर्नुपर्ने कार्यसम्पादनका बारेमा धारणा राखेका थिए । 

कार्यक्रममा आफ्ना धारणा राख्दै संस्थापक अध्यक्ष रसाइलीले स्थापना कालमा सञ्चारको असहजता र सञ्जालविहीन हुँदा पनि संस्थाको आवश्यकता महसुस गरी स्थापना गरिएको स्मरण गर्दै संस्था २३औं वसन्तसम्म आई पुगेको दिनको साक्षी बन्न पाउँदा खुसी व्यक्त गरे । संस्थागत कार्यमा आफू सदैव साथ रहेको बताउँदै रसाइलीले स्याबासी र खबरदारी गर्ने पाटोमा अभिभावकिय भूमिकामा आफू निरन्तर कार्यसमितिसँग साथमै रहने प्रतिबद्धता व्यक्त गरे । 

फगामीले मोना अन्तर्राष्ट्रियले छिट्टै मोना भवन निर्माण कार्यलाई अगाडी बढाउने बताउँदै उक्त घरमा मोना कतारका लागी पनि खास स्थान रहने बताए । उनले मोना कतार आँखाको नानी जस्तै रहेको हुँदा सदैव सामाजिक सद्भाव कायम राखेर कार्यसमितिले कार्यसम्पादन गर्न सुझाव दिए । उनले आफू दोस्रो कार्यकाल कोषाध्यक्ष बन्दा पनि मोना कतारको नाम स्मरण गर्ने गरेको बताउँदै कुनै पनि गलत काम नगर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रमको समापन गर्दै सभाध्यक्ष भण्डारीले लामो समय देखी आफूले समाज भित्र रहेर कार्यसम्पादन गर्दै नेतृत्वमा पुगेको स्मरण गरे ।  उनले प्रवासदेखि जिल्ला सम्म दुखमा मात्र नभई हरेक पल समाजको आवश्यकता पर्ने हुँदा समाजमा जोडिन आग्रह गरे । संघ कतारका वरिष्ठ उपाध्यक्ष देवी कंडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजीकरण महासचिव शिव खड्काले गरेका थिए ।

ताजा खबर

सम्बन्धित खबर