२०८२ फागुन ३० गते शनिवार / Mar 14 , 2026 , Saturday
२०८२ फागुन ३० गते शनिवार
Ads

सुर्खेतकी इनिसाको हत्यामा संलग्नलाई फाँसीको सजाय दिनुपर्ने माग

shivam cement
२०८२ फागुन ३० गते १६:०५
Shares
सुर्खेतकी इनिसाको हत्यामा संलग्नलाई फाँसीको सजाय दिनुपर्ने माग

काठमाडौँः सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा शनिबार पनि प्रदर्शन गरिएको छ । 

काठमाडौंको माइतीघर मण्डलामा भेला भएका फाँसीको सजाय दिने कानुन निर्माण गर्न सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका हुन् । हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भन्ने कुरामा पनि सरकारलाई सचेत गराउन अभियानमा आफूहरु लागेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताइन् । 

प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए । उनीहरुले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानुनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए ।   

ताजा खबर

सम्बन्धित खबर