
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । यसअघि शनिबार नै बस्ने भनिएको बैठक सभापति रवि लामिछाने अस्वस्थ भएपछि आजको लागि सारिएको थियो ।
बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने बताइएको छ । बैठकका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार सिफारिसको एजेन्डा तय गरिएको छ ।
समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १८२ सिट जितेकोले प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद रहने भएका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको सूची बुझाउन आजसम्मको समय दिएको छ ।