
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।
बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो। बैठकमा समानुपातिकतर्फका प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाउने मुख्य एजेन्डा रहेको बताइएको छ ।
निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भइसकेपछि दलहरूले समानुपातिकतर्फका सांसदको नाम निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले राप्रपाले आजै नाम टुंगो लगाउने तयारी गरेको नेताहरूले बताएका छन् ।
बैठकमा शीर्ष नेतासहित केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ ।
प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले समानुपातिकतर्फ ४ सिट पाएको छ ।