२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

रास्वपाको सचिवालय बैठक जारी

shivam cement
२०८२ चैत १ गते १३:२१
Shares
रास्वपाको सचिवालय बैठक जारी

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक केहीबेर अघि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको हो ।  

बैठकमा पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट जोडिएका छन् । उनी केही दिन यता स्वास्थ्यका कारण घरमै आराम गरिरहेका छन् ।

सभापति लामिछानेको अनुमति लिएर उपसभापति डीपी अर्यालले बैठक सुरुवात गरे । बैठकमा अर्का उपसभापति डा. स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य लगायत अन्य सचिवालय सदस्यहरूको उपस्थिति रहेको छ । वरिष्ठ नेता बालेन्द्र साह भने आएका छैनन् ।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस र वरिष्ठ नेता बालेन साहलाई संसदीय दलको नेता बनाउन आवश्यक कदमबारे छलफल हुने बताइएको छ । 

समानुपातिकतर्फ प्राप्त मतको आधारमा पार्टीले ५७ सिट पाउने छ । प्रत्यक्षतर्फ १२५ सिट जितेकोले प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहने भएका छन् । निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदको सूची बुझाउन आजसम्मको समय दिएको छ । 

ताजा खबर

सम्बन्धित खबर