२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

shivam cement
२०८२ चैत १ गते २१:१७
Shares
सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनलको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौं सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । फागुन २९ र ३० गते दुई दिनसम्म काठमाडौंमा भएको प्रतियोगितामा व्यवस्थापन समूहअन्तर्गत आठ टिममा बैंकका ८४ जना विभाग तथा शाखाका कर्मचारीको सहभागिता रहेको बैंकले जनाएको छ । 

प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले यस्ता कार्यक्रमले संस्थागत संस्कारलाई मजबुत बनाउने मात्र नभई सुशासन र प्रणालीगत अनुशासनप्रति संस्थाको प्रतिबद्धतासमेत झल्काउने बताए । प्रतियोगिताका विजेतालाई प्रमुख कार्यकारी अधिकृतले पुरस्कार वितरण गरेका थिए ।

विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४ र २०२५’को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले नवयुवालक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लाटफर्म सञ्चालनमा ल्याएको छ ।

सम्बन्धित खबर