
काठमाडौं : विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले आगामी नेपाली नयाँ वर्षलाई लक्षित गर्दै ‘ओप्पो नयाँ वर्ष, नयाँ उमंग’ अभियान सार्वजनिक गरेको छ । यस अभियानमार्फत देशभरका ग्राहकलाई साप्ताहिक रूपमा आकर्षक पुरस्कार जित्ने अवसर साथै बम्पर पुरस्कारको समेत घोषणा गरिएको छ ।
अभियान अवधिमा ओप्पो स्मार्टफोन खरिद गर्ने ग्राहकले लक्की ड्रमा सहभागी भई विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन् । यस अभियानको उद्देश्य चाडपर्वको उत्साहलाई अझ बढाउनुका साथै ब्रान्डप्रति भरोसा बढ्ने कम्पनीले जनाएको छ ।
अभियान अवधिभर प्रत्येक हप्ता एकजना भाग्यशाली ग्राहकलाई साप्ताहिक लक्की ड्रमार्फत ओप्पो ए६ स्मार्टफोन प्रदान गरिनेछ । लक्की ड्र तालिकाअनुसार पहिलो हप्ता चैत्र ८ (आइतबार), दोस्रो हप्ता चैत्र १५ (आइतबार), तेस्रो हप्ता चैत्र २२ (आइतबार) र चौथो हप्ता चैत्र २९ (आइतबार) लक्की ड्र सञ्चालन हुनेछ, जसअन्तर्गत प्रत्येक हप्ता एक–एकवटा ओप्पो ए६ स्मार्टफोन प्राप्त गर्नेछन् ।
उक्त अभियानको समापन नेपाली नयाँ वर्षको अवसरमा चैत्र ३०मा आयोजना हुने बम्पर ड्रसँगै हुनेछ । बम्पर ड्रमार्फत एकजना भाग्यशाली विजेताले रोयल इन्फिल्ड हन्टर ३५० मोटरसाइकल प्राप्त गर्ने कम्पनीले जनाएको छ ।