२०८२ चैत १ गते आइतवार / Mar 15 , 2026 , Sunday
२०८२ चैत १ गते आइतवार
Ads

सन नेपाल लाइफको क्यालेन्डर लोकार्पण

shivam cement
२०८२ चैत १ गते २१:१९
Shares
सन नेपाल लाइफको क्यालेन्डर लोकार्पण

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी वर्ष २०८३ सालका लागि क्यालेन्डर ल्याएको छ । कम्पनीले आगामी  वर्षको क्यालेन्डरलाई विशेष सन्देशसहित तयार पारेको छ, जसको मुख्य विषयवस्तु लोपोन्मुख वन्यजन्तु, दिगोपन, संरक्षण र संवर्धन रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको क्यालेन्डरमा नेपालमा पाइने विभिन्न लोपोन्मुख जनावरहरूको तस्बिर समावेश गरिएको छ । प्राकृतिक सम्पदाको संरक्षण र भावी पुस्ताका लागि सुरक्षित भविष्य सुनिश्चित गर्नुपर्ने सन्देशलाई जीवन बिमाको मूल भावसँग जोड्दै क्यालेन्डर तयार गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार क्यालेन्डरले प्रकृति संरक्षणप्रति जनचेतना फैलाउनुका साथै जीवन बिमाले प्रदान गर्ने सुरक्षा, संरक्षण र भविष्यप्रतिको तयारीको सन्देश पनि बोकेको छ ।

सम्बन्धित खबर