
काठमाडौं : ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२६को अवसरमा विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्न लागेको छ ।
बैंकले ग्लोबल मनि विक २०२६को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रूपमा विद्यार्थी तथा युवालक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रम आयोजना गर्न लागेको हो । बैंकले ग्लोबल मनि विक २०२६को मुख्य नारा ‘स्मार्ट मनि टक्स’लाई आत्मसात् गरी यही मार्च १६ देखि मार्च २२, २०२६ सम्म बैंकका विभिन्न शाखा कार्यालयबाट वित्तीय साक्षरताको कार्यक्रम सञ्चालन गर्नेछ ।
बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्री उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत पनि प्रसारण गर्नेछ । वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन् ।