
काठमाडौं : कोकाकोलाले नेपालमा ‘मोमो फोमो’ नयाँ अभियान सुरु गरेको छ । कोकाकोलाको यो अभियान नेपालभरि चल्ने कार्यक्रम हो । जसले नेपालीहरूको मनपर्ने परिकार मोमोप्रतिको स्नेहलाई उत्सवका रूपमा मनाउन लागेको हो । मोमो यस्तो परिकार हो जसले सडक, घर र सहरका मानिसलाई एकअर्कासँग नजिक हुन मद्दत गर्छ ।
अभियानको मुख्य आकर्षण एउटा नयाँ डिजिटल कार्यक्रम हो । जसले देशभर घुम्दै नेपालका सबैभन्दा लोकप्रिय मोमो पाइने स्थानहरू खोज्नेछ । सहरका चर्चित रेस्टुरेन्टदेखि टोल–छिमेकमा लुकेका तर उत्कृष्ट मोमो पसलसम्म पुग्ने, नेपालमा मोमोको समृद्ध संस्कृतिलाई चिनाउने र ती स्थानका विशेष स्वाद चाख्ने अवसर दिने तथा पसल सञ्चालन गर्ने उत्साही व्यवसायीसँग भेट्न र हरेक स्थानलाई विशेष बनाउनेलगायत अनौठा कथाहरू प्रस्तुत गर्नेछ ।
नेपालमा मोमो र कोकाकोला लामो समयदेखि धेरैले मन पराउने खानाको जोडी बनेको छ । साथीहरूसँग छिटो खाजाका रूपमा, परिवारसँग घुम्न जाँदा वा राति अबेर खाना खान जाँदा मोमो र कोकाकोला धेरैका लागि प्रिय छनोट हो । अभियानमा नेपालभरका २०० भन्दा बढी मोमो पसल सहभागी छन् । ‘मोमो फोमो’ले नेपालको सबैभन्दा प्रिय खानामध्ये एक मोमोको विषयमा राष्ट्रिय स्तरमा उत्साह सिर्जना गर्दै स्थानीय खानाका नयाँ स्वादहरू खोज्न, यसका नायकहरूलाई सम्मान गर्न र मोमो तथा कोकाकोलाको लोकप्रिय संयोजनको आनन्द लिन सबैलाई प्रेरित गर्ने लक्ष्य राखेको छ ।