
कतार : ईद–उल–फित्रको अवसरमा कतारमा एक हप्ता लामो सार्वजनिक बिदा घोषणा गरिएको छ ।
मन्त्रालय, अन्य सरकारी निकाय तथा सार्वजनिक संस्था र प्राधिकरणहरूका लागि मार्च १७ मंगलबारदेखि मार्च २३ तारिख सोमबारसम्म बिदा दिइएको छ । कतारमा वित्तीय क्षेत्रको बिदा भने कतार केन्द्रीय बैंकका गभर्नरले निर्धारण गर्ने बताइएको छ ।