२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

नवनिर्वाचित सांसदका लागि रास्वपाको अभिमुखीकरणमा मोबाइल निषेध

shivam cement
२०८२ चैत २ गते १८:०८
Shares
नवनिर्वाचित सांसदका लागि रास्वपाको अभिमुखीकरणमा मोबाइल निषेध

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीबाट निर्वाचित सांसदलाई लक्षित गर्दै कार्यक्रम आगामी चैत्र ३ र ४ गते सञ्चालन गरिने तय गरिएको हो ।

पार्टीले जारी गरेको सूचनाअनुसार अभिमुखीकरण कार्यक्रम ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा बिहान १० बजेदेखि सुरु हुनेछ । कार्यक्रम आवासीय हुने र सहभागी सांसदहरूको बसोबास तथा भोजनको व्यवस्था पार्टीले नै गर्ने जनाएको छ ।

रास्वपाका प्रवक्ता कविन्द्र बुर्लाकोटीका अनुसार कार्यक्रममा सहभागी हुने सबै नवनिर्वाचित सांसदहरूको उपस्थिति अनिवार्य गरिएको छ । सांसदहरूलाई लक्षित गर्दै पार्टीले कार्यक्रममा पालना गर्नुपर्ने ७ बुँदे निर्देशन समेत जारी गरेको छ ।

निर्देशनअनुसार कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ । कार्यक्रम अवधिभर सांसदहरूले मोबाइल साथमा लैजान नपाउने व्यवस्था गरिएको छ ।

त्यस्तै, कार्यक्रम स्थलमा परिवारका सदस्य, साथी वा अन्य पाहुनालाई ल्याउन नपाइने पनि स्पष्ट गरिएको छ । पार्टीले कार्यक्रम भइरहेको होटल परिसरमा अन्य व्यक्तिलाई नबोलाउन सांसदहरूलाई निर्देशन दिएको छ ।

साथै कार्यक्रम स्थलमा सांसदहरूले परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट गर्ने, फोटो खिच्ने वा व्यक्तिगत बैठक गर्ने जस्ता गतिविधि पनि गर्न नपाइने व्यवस्था गरिएको छ ।

पार्टीका अनुसार अभिमुखीकरण कार्यक्रममार्फत नयाँ सांसदहरूलाई संसदीय अभ्यास, दलको नीति तथा संसद्मा काम गर्ने प्रक्रियाबारे जानकारी दिने तयारी गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर