२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

अर्घाखाँचीमा आर्थिक गणना कार्यालय स्थापना

shivam cement
२०८२ चैत २ गते २१:१३
Shares
अर्घाखाँचीमा आर्थिक गणना कार्यालय स्थापना

अर्घाखाँची : आर्थिक अवस्था पहिचान गर्दै भविष्यका विकास योजना तयार गर्ने उद्देश्यले अर्घाखाँचीमा आर्थिक गणना कार्यालय स्थापना भएको छ । 

जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको उक्त कार्यालयले अब जिल्लाभर सञ्चालनमा रहेका उद्योग, व्यापार, सेवा क्षेत्र तथा विभिन्न आर्थिक गतिविधिको तथ्यांक संकलन गर्नेछ ।

कार्यालयको औपचारिक स्थापना जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले गरेका थिए । कार्यक्रममा विभिन्न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, प्रहरी नायव उपरीक्षक दिवेश जिसी, उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्र पत्रकार महासंघका अध्यक्ष गणेश खनाललगायत सहभागी थिए । 

आर्थिक गणनासम्बन्धी जनचेतना अभिवृद्धि गर्न आगामी चैत ६ गते सन्धिखर्क नगरपालिमा गोष्ठी आयोजना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए । 

स्थानीय उद्योगी–व्यवसायी, संघसंस्था तथा सरोकारवालालाई आर्थिक गणनाको महत्वबारे जानकारी गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको सहायक गणना अधिकारी दिलिप केसिले बताए । नवस्थापित कार्यालयको प्रमुखका रूपमा बाबुराम न्यौपाने र सहायक जनगणना अधिकृतका रूपमा दिलकुमार केसीले जिम्मेवारी प्राप्त गरेका छन् ।

कार्यालयले जिल्लाभर रहेका उद्योग, व्यवसाय, सेवा क्षेत्र, रोजगारीका अवस्था तथा आर्थिक गतिविधिको विस्तृत विवरण संकलन गर्नेछन् । आर्थिक गणनाबाट प्राप्त तथ्यांकले जिल्लाको वास्तविक आर्थिक चित्र स्पष्ट पार्ने विश्वास गरिएको छ ।

यसबाट जिल्लामा कति उद्योग–व्यवसाय सञ्चालनमा छन्, कति मानिस रोजगारीमा आबद्ध छन्, कस्ता क्षेत्रमा लगानीको सम्भावना छ भन्ने विषय स्पष्ट हुने अपेक्षा गरिएको छ । यसले स्थानीय तह, प्रदेश तथा संघीय सरकारलाई योजना निर्माण, विकास कार्यक्रम सञ्चालन तथा आर्थिक नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्नेछ ।

ताजा खबर

सम्बन्धित खबर