– लेखराज रेग्मी
खोजेर थोरै परिवर्तन
द्वन्द्धका घाउहरुको दुःखाई खप्न नसकेर
सामाजिक न्यायको नाममा
पार्टीहरु संघ संस्थाहरु लागिरहँदा
गल्लीका जुलुसहरु ! नाराहरु !
सुन्दा सुन्दै गुन्दा गुन्दै
पीडादायी बन्दै गरेका द्वन्द्धका खबर
जो पर्दा नि मारिने आफन्तहरु
बुट र बन्दुकको प्रजातन्त्र ।।
फेर्ने रहरले, थोरै हेर्ने रहरले तानेर
सडकमा पुगेकी उ जब घायल भएर ढली
हस्पिटल पु¥याउनेमा सहयोग थियो
हातेमालो थियो मेलमिलाप थियो ।
मृत घोषणा हुँदा, लाश जिम्मा लिँदा
मलामी र दाहसंस्कारसम्म उ साझा सहिद भयो
साझा घोषणा, साझा कार्यक्रम ।
यसपछि उठ्यो लाशमाथिको राजनीति
तर उसले कसैको सदस्यता नविकरण गरिन
पार्टी बदल्ने छ, महिने अभियान गरिन
हामीलाई न जन्मदिन याद रह्यो न मृत्यु
भेदभाव भोगेकि सेतु बिकले उसले
रगतसँग साटेको लोकतन्त्रमा
न हकदाबि गरी न पनपक्षे, बस ! बराबरी ।।
बैंस त थियो होला
थिए होलान् लालची आँखाहरु
पाखण्डी हेराईहरु इष्र्यालुहरु
हिजो कामले फुर्सद थिएन मन लागेन
आज शालिकले प्रतिकृया दिने कुरै भएन
त्यसैले मौन थिए आफन्तीहरु सम्बन्धहरु
सक्रिय थिए आस्थाको व्यापारीहरु तर
उसलाई वास्ता भएन प्रतिकृया भएन ।।
लाशको मौनताले मन पगाल्छ
दुश्मन पनि झुक्छ लाशसँग तर
दुश्मनी जो जिउँदा गरिएन कसैसँग
हुँदोरहेछ दुश्मनी शालिकसँग
उ ठाडिएको ठाउँसँग
प्रत्येक पर्वमा लगाइने खादा र मालासँग
मुठ्ठी उठाएर खाइने कसमसँग
यो सब साझा हुँदो रहेछ त्यसैले
उसले आर्जन गरेको ताकतसँग ।।
कालो सोंच हुनेहरु अध्यारो रुचाउछन्
र काला कर्तुत अध्यारैमा हुन्छन्
कालो सोँचका विरुद्ध लड्ने हिम्मत गर
रातभर जाग्राम बस्न तैयार होऊ
र पड्ताल गर उ किन ढुंगा हान्न आयो
उसलाई निसाफको लडाईँ मनपरेन
उसको जवानीले भोक मेट्न पाइएन ।।
ढालि सकेर बन्दुकले
अझै झन प्रखर बनेर उभिएको देखेर
उखरमाउलो भैरहेकोले हो की कतै
या हिनता ग्रन्थीले दिमागी सन्तुलन गुमेर हो
जे होस् शालिकसँग दुश्मनी होस् या सेतुसँग
यो दुश्मनी परिवर्तनसँग हो उज्यालोसँग हो
त्यसैले हामी आफैले खोज्नुपर्छ निकास
निसाफ र फैसला भोट ठग्ने दलालले होइन
जनताले जनताकै पक्षमा गर्नुपर्छ
शालिक होस् या मान्छे
सेतु बिकले न्याय पाउनुपर्छ ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies