
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डीपी अर्यालले पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहलाई पनि सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको बताइएका छन् ।
सांसद अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अर्यालले यस्तो बताएका हुन् । ‘दुवै जनाको स्वास्थ्य स्थिति र अत्यन्तै कार्यव्यवस्तताका कारण उपस्थित नहुनुभएको हो,’ उनले भने, ‘समापनअघि उपस्थित गराउने प्रयास गराउने छौँ ।’
रास्वपाको अभिमुखीकरण भोलिसम्म चल्नेछ । अभिमुखीकरण कार्यक्रममा प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट चुनिएका रास्वपा सांसदहरू सहभागी छन् । अभिमुखीकरणमा सभापति लामिछानेले समापन सम्बोधन गर्ने कार्य तालिका छ ।