
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा दोस्रो दिन पनि बहस नसकिएपछि 'हेर्दाहेर्दै'मा राखिएको छ । अब यस मुद्दाको सुनुवाइ बिहीबार हुनेछ ।
यो रिटमाथिको सुनुवाइ न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलकै इजलासमै हुनेछ । बुधबार सार्वजनिक बिदा भएकाले बिहीबार सुनुवाइ हुन लागेको हो ।