
काठमाडौं : प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल पक्राउ परेका छन् । मंगलबार डंगोललाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।
उनीमाथि नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत काम गरेको आरोप छ । उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनलाई थापाथलीबाट पक्राउ गरेको हो ।