२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिमा ‘धन्यवाद पूजा’

shivam cement
२०८२ चैत ४ गते ११:१२
Shares
निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिमा ‘धन्यवाद पूजा’

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेकी हुन् । 

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना गरिन् ।

मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा पनि गरिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सरिक थिए ।

सम्बन्धित खबर