२०८२ चैत ४ गते बुधवार / Mar 18 , 2026 , Wednesday
२०८२ चैत ४ गते बुधवार
Ads

जग्गा विवादमा आमाको हत्या 

shivam cement
२०८२ चैत ४ गते ११:२०
Shares
जग्गा विवादमा आमाको हत्या 

कञ्चनपुर : दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् । उनले धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गए राति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो ।

दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । फरार अभियुक्तको खोजी जारी छ । जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले  जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर